रेड कर्नर नोटिसपछि कुवेतबाट नेपाल ल्याइए लामा
फरार लामालाई पक्राउ गर्न नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडाैंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते रेड कर्नर नोटिस जारी भएको थियो।
काठमाडौं, पुस ३ : जबरजस्ती करणी मुद्दामा फरार उमेश लामा इन्टरपोलको रेड कर्नर नोटिसपछि कुवेतमा पक्राउ परेका छन्।
काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–८ घर भएका ३१ वर्षीय लामालाई कुवेतमा पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ। लामा एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेको प्रहरीले जनाएको छ।
फरार लामालाई पक्राउ गर्न नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडाैंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते रेड कर्नर नोटिस जारी भएको थियो।
लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणीको जाहेरी परेको थियो । अनुसन्धानको क्रममा लामा फरार भई कुवेतमा रहेको खुल्न आएको थियो। लामालाई जबर्जस्ती करणीको जाहेरी अनुरुप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार