अछाममा ब्रेक फेल भएर बस सडकमै पल्टियो, १३ जना घाइते
हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का कार्बु लामाले चलाएको भे १ च २५७६ नम्बरको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको प्रहरीले जनाएको छ।
अछाम, पुस ३ : मंगलबार दिउँसो अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो।
हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का कार्बु लामाले चलाएको भे १ च २५७६ नम्बरको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको प्रहरीले जनाएको छ।
घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।
प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार