Kathmandu Press

स्थानीय सरकार सञ्चालनमा देखापरेका समस्या समाधान हुन्छ : मुख्यमन्त्री जमकट्टेल

दहत्तर बहत्तर संकलनमा देखिएको समस्याका बारेमा आफूलाई जानकारी रहेको जनाउँदै मुख्यमन्त्री जमकट्टेलले स्थानीय सरकार र प्रदेश सरकार मिलेर सबै समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
स्थानीय सरकार सञ्चालनमा देखापरेका समस्या समाधान हुन्छ : मुख्यमन्त्री जमकट्टेल

मकवानपुर, पुस २ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कर्मचारी अभाव, नदीजन्य सामग्री ९दहत्तर बहत्तर सङ्कलन० लगायत स्थानीय सरकार सञ्चालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मुख्यमन्त्री कार्यालयमा गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उनले गाउँपालिका महासंघले उठाएका समस्या समाधानका लागि आफू तयार रहेको जानकारी दिए।

Hardik ivf

दहत्तर बहत्तर संकलनमा देखिएको समस्याका बारेमा आफूलाई जानकारी रहेको जनाउँदै मुख्यमन्त्री जमकट्टेलले स्थानीय सरकार र प्रदेश सरकार मिलेर सबै समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कर्णबहादुर मगरले मुख्यगरी कर्मचारी समस्या दहत्तर बहत्तर संकलनलगायत समस्यालाई तत्काल सम्बोधन गरिदिन आग्रह गरे।

उनले प्रदेश समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गर्न, स्थानीय सरकारसँग सम्बन्धित कानुनहरु निर्माण गर्दा गाउँपालिका राष्ट्रिय महासंघको अनिवार्य सहभागिता गराउन, स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम महासंघको सहकार्यमा गर्न प्रदेश सरकारसँग आग्रह गरे।

ध्यानाकर्षणपत्रमा गाउँपालिका महासंघ बागमती प्रदेश कार्यालय सञ्चालन गर्न अनुदानको व्यवस्था गर्न, स्थानीय सरकारको कर्मचारी सरुवा बढुवा हुँदा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा मात्रै गर्न र दहत्तर बहत्तर संकलनलगायत कानुनी जटिलता हटाउन महासंघले प्रदेश सरकारसँग माग गरेको छ।

 

प्रकाशित मिति: २०:०४ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्