Kathmandu Press

श्रमिकहरूलाई सीपयुक्त बनाउने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

अन्तर्राष्ट्रिय आपरवासी कामदार दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि नआउने बताए।
श्रमिकहरूलाई सीपयुक्त बनाउने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

मोरङ, पुस २ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय आपरवासी कामदार दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि नआउने बताए।

‘श्रमिकको सम्मान छैन त्यसैले हामी पछाडि छौं। यहाँ कामका आधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक छ । त्यसमा ठूलो विभेद कायम छ,’ उनले भने।

Hardik ivf

मुख्यमन्त्री कार्कीले श्रमिकलाई गर्ने व्यवहार र बोलीमा घरबाटै सुधार गर्नुपर्ने बताए। उनले कामदारको सम्मान गर्नुपर्ने बताए।

विदेशमा काम गर्नेलाई पनि देश हेरेर विभेद हुने परम्परा रहेको सुनाउँदै उनले सरकारी कार्यालयका सबै कर्मचारीहरूलाई सबैसँग आदरपूर्ण र समान व्यवहार गर्न निर्देशनसमेत दिए।

‘श्रमिकसँग गर्ने व्यवहारमा समानता नआउञ्जेल परिवर्तन हुँदैन,’ उनले भने, त्यसैले सरकारमा बस्नेले सबैसँगको व्यवहार र बोलीमा एकरूपता ल्याउनु पर्छ, त्यसमा सरकार प्रतिवद्ध छ ।’

विदेशमा काम गर्ने र यहाँ काम गर्नेमा पनि समान व्यवहार नरहेको उनको भनाइ थियो। ‘कसैलाई काम गरेको आधारमा हेप्न पाइँदैन,’ मुख्यमन्त्री कार्कीले भने, खुल्ला अर्थतन्त्रमा जुन देशमा जे हुन्छ त्यहीँ बिक्री हुन्छ। श्रम बजारमा आफ्नो हैसियतअनुसार श्रम बेचेर आर्जन गर्ने खुल्ला श्रम बजार छ ।’

बंगलादेश, भारतलगायतका देशबाट आएर काम गर्ने विदेशी नागरिकले अपराध गर्यो भने कारवाही हुन्छ तर यहाँको उत्पादन बढाउने र सेवा गर्नेलाई सम्मान दिनुका साथै सुरक्षा प्रदान गर्ने उनले प्रतिबद्धता जनाए।

सरकारले सीप विकासका साथै दक्ष जनशक्ति उत्पादन गर्न र वैदेशिक रोजगारीमा गएकाहरूका  १० वर्षमुनिका बालबालिकाको प्रदेश सरकारले निःशुल्क उपचार सुरू गर्न लागेको मुख्यमन्त्री कार्कीले बताए।

 

प्रकाशित मिति: १९:४७ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्