Kathmandu Press

नेकपा एसको सचिवालय बैठक सुरु

आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले  जानकारी दिए।
नेकपा एसको सचिवालय बैठक सुरु
Hardik ivf

काठमाडौं, पुस २ : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक काठमाडौँमा सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो। 

आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले  जानकारी दिए।

उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ । गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो।

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्