भन्सारमा ‘पुरस्कार व्यवस्था’ खारेजी माग, आजपाद्वारा विभाग घेराउ
नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था ‘लुटकारी प्रावधान’ रहेको भन्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउन गर्दै खारेजीको माग गरिएको हो।
काठमाडौं, पुस १ : आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजी माग गरेको छ। उक्त माग पूरा गर्न दबाब दिने उद्देश्यले भन्सार विभाग घेराउ गरिएको छ।
नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था ‘लुटकारी प्रावधान’ रहेको भन्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउन गर्दै खारेजीको माग गरिएको हो।
त्यस कार्यक्रममा सहभागी बिल्लुप्रसाद यादवले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको लुट भइ जनताको हातमा नगएर सिधा कर्मचारीको गोजीमा गइरहेको भन्दै त्यसको विरुद्धमा आन्दोलन गर्नुपरेको बताए।
उनले भने, ‘भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको लुट भइरहेको छ। त्यो जनताको हातमा नगएर सिधा कर्मचारीको गोजीमा गइरहेको छ, यो अनाधिकृत कुरा हो। त्यो जनताले पाउनुपर्छ भन्ने हाम्रो माग हो। कर्मचारीहरुले बाँडिचुँडी खाने प्रवृत्तिविरुद्ध हामी उभिएका हौं।’
आजपाले यसअघि गत असोजमा पनि त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको थियो।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
