Kathmandu Press

तराईमा हुस्सु तथा गण्डकी प्रदेशमा हिमपातको सम्भावना 

जसको प्रभावले हाल  देशको पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
तराईमा हुस्सु तथा गण्डकी प्रदेशमा हिमपातको सम्भावना 

काठमाडौं, पुस १ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसको प्रभावले हाल  देशको पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

Hardik ivf

तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

आज राति भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 
 
प्रकाशित मिति: ०८:४४ बजे, आइतबार, पुस १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्