२५ किलो चरेससहित दुई जना पक्राउ
पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेका ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले बताए ।
काठमाडौं, पुस १ : प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको बलम्बुबाट २५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेका ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले बताए । २५ किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ गरिउको थपलियाले बताए ।
यसैगरि, शनिवारमात्र अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले बताए ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:३५ बजे, आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
