Kathmandu Press

नायक निखिल भन्छन्, ‘गणतन्त्रले देश खाइसक्यो, राजा चाहियो’

नायक निखिल भन्छन्, ‘गणतन्त्रले देश खाइसक्यो, राजा चाहियो’

काठमाडौं, मंसिर ३० : ‘देश गम्भीर संकटमा छ’ भन्ने निष्कर्षमा पुगेका कट्टर राजतन्त्रवादीहरुले वर्तमान संविधान, संघीयता र गणतन्त्रले नेपालको हित नहुने धारणा व्यक्त गरेका छन्। 

आज बिहान ठमेलको एक होटलमा आयोजित अनौपचारिक अन्तरक्रियामा कानून व्यवसायी, पत्रकार, सेनाबाट निवृत्त अधिकृत, व्यवसायी, राजनीतिक दलसँग अलग्गिएका नेता, सिनेकर्मी र विभिन्न पेशा व्यवसायमा आवध्द मानिसहरुवीच देशमा राजसंस्था अपरिहार्य रहेको भनेर पैरवी गरिएको थियो ।

Hardik ivf

अमेरिका निवासी पूर्व नेपाली नागरिक वोध बहादुर राउतको संयोजनमा आयोजना भएको अन्तरक्रियामा पत्रकारहरु पी खरेल, युवराज गौतम, कानून व्यवसायी बालकृष्ण न्यौपाने, नेपाली कांग्रेस परित्याग गरेका नेता खेमराज सेढाईं, पत्रकारिताका अध्यापक यमबहादुर दुरा, व्यवसायी ओम सिटौला, सिने नायक निखिल उप्रेती, नेपाली सेनाका सेवा निवृत्त अधिकृत प्रेमसिंह बस्न्यात लगायतका व्यक्तिहरुले एक स्वरमा वर्तमान संविधान खारेज गरेर २०४७ को संविधान पुनस्थापना गर्नमा जोड दिएका थिए । 

सिने नायक निखिल उप्रेतीले भने गणतन्त्रले देश खाईरहेको तर्क गर्दै नेताहरुका कान र आँखा विदेशी शक्ति केन्द्रमा नियन्त्रित रहेको भनेर चर्को आलोचना गरेका थिए। उप्रेतीको आरोप थियो ‘लाश जस्ता नेताहरुले शासन चलाइरहेकाले गणतन्त्रमा केही बेवारिस व्यक्तिहरुको मात्र चलखेल रहेको छ।’

पूर्वसैनिक अधिकृत बस्न्यातले ‘राजतन्त्रवादी भनेर दाबी गर्ने कमल थापा, राजेन्द्र लिङ्गदेन, केशर बहादुर बिष्ट र दुर्गा प्रसाईं किन एकठाउँमा बस्न सक्दैनन्’ भन्दै उनीहरुको चर्को आलोचना गरेका थिए। 
 

प्रकाशित मिति: १४:१८ बजे, शनिबार, मंसिर ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्