टिपरले स्कुटीलाई ठक्कर दिँदा भक्तपुरमा एक जनाको मृत्यु

काठमाडौं, मंसिर ३० : भक्तपुरमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मध्यपुर ठिमि नगरपालिका–२ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रअगाडि बहाखा बजारबाट सानोठिमी तर्फ जाँदै गरेको बा.४ ख.२३४७ नम्बरको टिप्परले विपरीत दिशाबाट आँउदै गरेको बा. ९२ प. ५५३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलान्चोकको रोशी गाँउपालिका–१० का २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मैनालीलाई उपचारका लागि नागरीक अस्पताल गठ्ठाघर, भक्तपुर लगेकोमा उपचारको आइतवार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगाना बताए।
दुर्घटना भएको सवारी साधन टिपर जिल्ला प्रहरी परिसरमा राखिएको र टिपर चालक धादिङको थाक्रे गाँउपालिका–७ का सुरेश तामाङलाई प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












