Kathmandu Press

सौराहामा १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
फाइल तस्बिर

चितवन, मंसिर २९ : चितवनको पर्यटकीय क्षेत्र सौराहामा १७औ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० हुने भएको छ।

कोरोना भाईरसका कारण रोकिएको हात्ती महोत्सब यस पटक गर्न लागेको चितवनको सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। कोरोना भाईरसले थलिएको पर्यटन व्यवशायलाई चलायमान बनाउने उद्देश्यले महोत्सबको आयोजना गरीएको चितवन हात्ती तथा पर्यटन महोत्सबका संयोजक ओमप्रकास पाण्डेले बताए।

Hardik ivf

विश्व सम्पदा सुचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्यस्थलको चिनारी गराउनु समेत महोत्सको अभिप्राय रहेको उनले बताए।

हात्ती महोत्सवको बिभिन्न पशु अधिकारीवादीहरुले बिरोध गर्दै आएको छन्। हात्ती महोत्सवमा हात्तीहरुलाई दुःख दिने खालका गतिबिधि भएको भन्दै अधिकारबादीले बिरोध गरेपछि हात्ती मैत्री गतिबिधि गरेर महोत्सव गर्न लागेको क्षेत्रिय होटल सघ नेपाल चितवनका पूर्व अध्यक्ष दिपक भट्टराईले बताए।

बिगतका हात्ती महोत्सवमा हात्ती दौड हात्तीको छावाहरु बाट फुटबल हात्ती सुन्दरी प्रतियोगिता र हात्तीलाई वन भोज कार्यक्रम हुँदै आएको थियो। यही पौष १० गते देखि १४ गते सम्म हुने हात्ती महोत्सवमा हात्तीलाई वनभोज र हात्ती श्रृगार प्रतियोगिता र हात्तीको दिचार्य बारे जानकारी र बिभिन्न कार्यक्रमहरु रहेको भट्टराईले बताए। हात्ती महोत्सब क्षेत्रिय होटल सघ नेपाल चितवनको आयोजनामा हुँदै आएको छ।

प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, मंसिर २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्