Kathmandu Press

गण्डकी प्रदेशको नारा ‘खेल्छ गण्डकी’

पोखरा, जेठ २५ : गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी सरकारको आगामी...
गण्डकी प्रदेशको नारा ‘खेल्छ गण्डकी’

पोखरा, जेठ २५ : गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै उक्त नारासँगै खेलकूदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकूद नीति बनाई कार्यान्वयन गरिने बताए।

Hardik ivf

नीति तथा कार्यक्रममा खेलबाट सामाजिक रुपान्तरण मान्यताबमोजिम गाउँ–गाउँसम्म खेलकुदको विस्तार गर्ने उल्लेख छ। प्रदेशमा स्पोर्टस् एकेडेमी स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नीति प्रदेश सरकारले लिएको छ।

‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमलाई निरन्तरता दिइएको छ। प्रदेशका विभिन्न शैक्षिक संस्था, समुदायस्तरबाट सञ्चालित खेलमैदान तथा रङ्गशालाको आवश्यकतानुसार सार्वजनिक–निजी साझेदारी नमुना निर्माण तथा स्तरोन्नति गरिने उल्लेख छ।

पोखरा रङ्गशालाको पूर्वाधारमा सुधार गरी रातको समयमा समेत अन्तर्राष्ट्रियस्तरका खेल सञ्चालन गर्न सकिने गरी कार्यक्रम अघि बढाइने भएको छ। पोखरा रङ्गशालाको स्वामित्व प्रदेश मातहत ल्याउन पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

गण्डकीलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न युवा तथा खेलाडीलाई स्वस्थ, अनुशासित, प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै विभिन्न परम्परागत, साहसिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद कार्यक्रममा जोड दिइएको छ।

खेलाडी तथा प्रशिक्षक तयार गरी खेलकुद प्रतियोगिता सञ्चालन, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई खेलकुद पुरस्कार प्रदान गर्नुका साथै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने सरकारको योजना छ। गण्डकीमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसँग समन्वय गरी आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, भिँडाबारीमा एन्फा प्राविधिक केन्द्र निर्माणको कामलाई नेपाल सरकारसँगको सहकार्यमा अगाडि बढाइने प्रदेश सरकारले जनाएको छ।

प्रकाशित मिति: ०७:०१ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्