Kathmandu Press

लगातार दोस्रो जितसँगै अमेरिका नकआउट, दोस्रो हारपछि टर्की आउट

अस्ट्रेलियाविरुद्ध अमेरिकालाई जित दिलाउन एलेक्स फ्रिमनले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो।
लगातार दोस्रो जितसँगै अमेरिका नकआउट, दोस्रो हारपछि टर्की आउट

काठमाडाैं, असार ६ : आयोजक अमेरिका फिफा विश्वकपको नकआउटमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा अस्ट्रेलियालाई २–०ले हराउँदै अमेरिका एक खेल अगावै नकआउटमा पुगेको हो। 

यसअघि पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ले हराएको थियो। अस्ट्रेलियाविरुद्ध अमेरिकालाई जित दिलाउन एलेक्स फ्रिमनले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो।

११औं मिनेटमा क्यामरुन ब्रुगेसको आत्मघाती गोलफर्मात् अमेरिकाले अग्रता लियो। ४३औं मिनेटमा फ्रिमनले टिमको अग्रता दोब्बर बनाए। त्यसपछि गोल नहुँदा अमेरिका विजयी भयो।

समूह डीकै अर्को खेलमा टर्की १० खेलाडीमा समेटिएको पाराग्वेसाग १–०ले पराजित भयो। यो हारसँग टर्की प्रतियोगिताबाट बाहिरिएको छ। जितपछि पाराग्वेको सम्भावा भने कायमै छ। टर्की पहिलो खेलम अस्ट्रेलियासँग पराजित भएको थियो।

समूह डीमा ६ अंकका साथ अमेरिका शीर्ष स्थानमा छ भने समान २ अंक जोडेका अस्ट्रेलिया र पाराग्वे दोस्रो र तेस्रो स्थानमा छन्। 

प्रकाशित मिति: १२:३९ बजे, शनिबार, असार ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्