Kathmandu Press

ब्राजिलको पहिलो जित, पराजित भएसँगै हाइटी बाहिरियो

ब्राजिलको जितमा माथिस कुन्हाले २ तथा भिनिसियस जुनियरले १ गोल गरे। तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो।
ब्राजिलको पहिलो जित, पराजित भएसँगै हाइटी बाहिरियो

काठमाडौं, असार ६ : फिफा विश्वकपमा ब्राजिलले पहिलो जित निकालेको छ। 

शनिबार बिहान फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलले हाइटीमाथि ३–० को जित निकाल्यो।

ब्राजिलको जितमा माथिस कुन्हाले २ तथा भिनिसियस जुनियरले १ गोल गरे। तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो।

२३औं मिनेटमा कुन्हाको गोलमा ब्राजिलले सुरुआती अग्रता लियो। ३६औं मिनेटमा कुन्हाले नै भिनिसियको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए। 

पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियसले गोल गरेपछि पहिलो हाफमा ब्राजिलले ३–०को अग्रता लियो। उनले लुकास पक्वेटाको पासमा गोल गरेका थिए। 

पहिलो हाफमा ३–०को अग्रता लिए पनि दोस्रो हाफमा भने ब्राजिलले गोल गर्न सकेन। त्यसपछि खेल ३–०मै सकियो। 

यो जितसँगै ब्राजिल दुई खेलबाट ४ अंकका साथ समूह सीको शीर्षस्थानमा उक्लिएको छ। र, उसको नकआउट चरण पुग्ने सम्भवाना बलियो भएको छ।

यता, लगातार दोस्रो हारपछि हाइटी भने विश्वकपबाट बाहिरिने पहिलो टिम बनेको छ। पहिलो खेलमा ऊ स्कटल्यान्डसँग १–०ले पराजित भएको थियो।

प्रकाशित मिति: ११:४३ बजे, शनिबार, असार ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्