Kathmandu Press

१५ प्रतिशत बढ्दा मुख्य सचिवदेखि खरिदारसम्मको तलब कति पुग्यो ? 

काठमाडौं, जेठ १६ : यसपल्टको बजेटमा सरकारले निजामती कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि गरेको छ । तलब वृद्धिसँगै कर्मचारीको तलबमान अध्ययनका लागि उच्चस्तरीय...
१५ प्रतिशत बढ्दा मुख्य सचिवदेखि खरिदारसम्मको तलब कति पुग्यो ? 

काठमाडौं, जेठ १६ : यसपल्टको बजेटमा सरकारले निजामती कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि गरेको छ । तलब वृद्धिसँगै कर्मचारीको तलबमान अध्ययनका लागि उच्चस्तरीय समिति पनि गठन गरिने भएको छ । बजेट घोषणामा वृद्धि भएको तलब आगामी साउन १ गतेदेखि लागू हुने छ।

अघिल्लो आर्थिक बर्षको बजेटमा कर्मचारीको १८ प्रतिशतले तलव बृद्धी भएको थियो। तलव बृद्धीको घोषणा अनुसार अब मुख्य सचिवको तलव ७४ हजार नौ सय ६ रुपैयाँ पुगेको छ । यसअघि मुख्य सचिवले मासिक ६५ हजार एक सय ३६ रुपैयाँ बुझ्दथे। यस्तै सचिवको तलब बढेर ६९ हजार सात सय ७७ रुपैयाँ पुगेको छ । सचिवले हालसम्म ६० हजार ६ सय ७६ रुपैयाँ तलव बुझ्थे। 

Hardik ivf

यता सहसचविको तलब पनि ५४ हजार चार सय ८३ पुगेको छ । यसअघि सहसचिवको ४७ हजार तीन सय ७७ रुपैयाँ तलवमान कायम थियो । बजेटमा उपसचिवको पनि तलव बढेर ४६ हजार चार सय ३७ रुपैयाँ पुगेको छ। 

उपसचिवले हाल ४० हजार तीन सय ८० रुपैयाँ पाउने गर्दथे । बजेट घोषणा अनुसार मा शाखा अधिकृतको तलव ४१ हजार तीन सय ८८ रुपैयाँ पुगेको छ। यसअघि ३५ हजार नौ सय ९० रुपैयाँ थियो । नायक सुब्बा (अतिरिक्त मान) को ३५ हजार चार सय ३८ पुगेको छ । उनीहरुको अहिलेसम्म ३० हजार आठ सय १६ रुपैयाँ कायम थियो । नायब सुब्बाको ३२ हजार चार सय ३० रुपैयाँ पुगेको छ । हालसम्म २८ हजार दुई सय रुपैयाँ थियो । 

यस्तै खरिदार (अतिरिक्त मान) को तलव ३१ हजार ६ सय ९८ कायम भएको छ । हालसम्म उनीहरुको २७ हजार पाँच सय ६४ मात्र थियो । खरिदारको ३० हजार पाँच सय ९४ रुपैयाँ पुगेको छ । हालसम्म खरिदारको २६ हजार ६ सय चार रुपैयाँ तलब रहेको थियो । 

तलब वृद्धिसँगै सरकारले कर्मचारीको तलबमान अध्ययनका लागि उच्चस्तरीय समिति पनि गठन गर्ने निर्णय गरेको छ । वृद्धि भएको तलब आगामी साउन १ गतेदेखि लागू हुने जनाइएको छ । 
 

प्रकाशित मिति: १४:०९ बजे, सोमबार, जेठ १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्