Kathmandu Press

सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.महत

‘आम नागरिकले प्राप्त गर्ने सेवा सुविधाको हकमा अझै त्यहाँ सुशासन भएको छैन। अनेकौं झमेला, ढिलासुस्ती र पारदर्शिताको अभावमा जनताले अझै पनि दुःख पाइरहेका छन्,’ उनले भने।
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.महत

काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरिकका लागि सेवा प्रवाहमा अझै सुशासन कायम हुन नसकेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै केही सकारात्मक पक्ष रहेको उल्लेख गरे।

Hardik ivf

उनका अनुसार निजी क्षेत्रलाई चलायमान बनाउनका लागि पाँच वटा विधेयक संसदबाट पारित भइसकेका छन् भने नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कतिपय कानुनहरू पनि बनेका छन्।

‘यो सरकारले एक वर्षमा केही राम्रा कुराहरू पनि गरेको छ। निजी क्षेत्रलाई चलायमान गर्नका लागि पाँचवटा विधेयक पारित भएका छन्। अन्य नागरिक सम्बन्धी कानुनहरू पनि बनेका छन्, केही कानुनहरू पारित हुने क्रममा छन्,’ महतले भने।

तर उनले आम जनताको दैनिक जीवनमा देखिएको ढिलासुस्ती, झमेलालगायत पारदर्शिताको अभावप्रति चिन्ता व्यक्त गरे। 

‘आम नागरिकले प्राप्त गर्ने सेवा सुविधाको हकमा अझै त्यहाँ सुशासन भएको छैन। अनेकौं झमेला, ढिलासुस्ती र पारदर्शिताको अभावमा जनताले अझै पनि दुःख पाइरहेका छन्,’ उनले भने।

प्रवक्ता महतले यस्ता समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।  

प्रकाशित मिति: १८:४६ बजे, आइतबार, असार २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्