कैलालीमा भारी वर्षा, काटेको धानबालीमा क्षति
पश्चिमी वायुको प्रभावका कारण कैलालीसहित बर्दियामा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण खेतमा काटेर राखिएको धान भिज्नुका साथै परालमा समेत क्षति पुगेको हो।
कैलाली, असाेज २० : कैलालीमा सोमबार राति भारी वर्षा हुँदा काटेर खेतमै राखिएको धानबालीमा क्षति पुगेको छ।
पश्चिमी वायुको प्रभावका कारण कैलालीसहित बर्दियामा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण खेतमा काटेर राखिएको धान भिज्नुका साथै परालमा समेत क्षति पुगेको हो।
पश्चिम तराईका किसानहरु यतिबेला धान काट्न व्यस्त छन्। मौसमको अवस्था बेवास्ता गरेर धान काट्दा क्षति हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरीले बताए।
उनका अनुसार ज्ञान केन्द्रले वर्षा हुन सक्ने भन्दै किसानलाई सचेत गराउँदै आए पनि त्यसको बेवास्ता गर्दै धान काट्ने प्रवृत्ति देखिएको छ । काटिसकेको धान सुरक्षित स्थानमा नराख्दा क्षति हुने गरेको उनले बताए।
ज्ञान केन्द्रका अनुसार सोमबारसम्म जिल्लामा करिब १५ प्रतिशत धान काटिसकिएको अनुमान गरिएको छ।
प्रकाशित मिति: ११:०२ बजे, मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार