Kathmandu Press

रास्वपाको महामन्त्री विवादमा सर्वोच्चले झिकायो अद्यावधिक कागजात

महामन्त्री डा.मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथिको सुनुवाईपछि न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासले आयोगलाई मुद्दासम्वन्धि मिसिल कागज पेश गर्न आदेश दिएको हो।
रास्वपाको महामन्त्री विवादमा सर्वोच्चले झिकायो अद्यावधिक कागजात

काठमाडौं, असार २९ : सर्वोच्च अदालतले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको कागजात र अद्यावधिक कागजात झिकाएको छ। 

रास्वपाबाट कारबाहीमा परी निष्कासित भएका महामन्त्री डा.मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथिको सुनुवाईपछि न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासले आयोगलाई मुद्दासम्वन्धि मिसिल कागज पेश गर्न आदेश दिएको हो। 

निर्वाचन आयोगमा रास्वपा दर्ता हुँदाको कागजात, त्यसका आधारमा रास्वपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णयलगायत कागजात सर्वोच्चमा पेश भएपछि रिट निवेदक ढकालले दिएको रिटमा टुंगो लाग्ने छ। 

आफू रास्वपाको महामन्त्रीकै हैषियतमा रहेको दाबीसहित मान्यता दिलाउन निर्वाचन आयोग र रास्वपाको नाममा आदेशको माग राखेर ढकाल सर्वोच्च पुगेका हुन्। 

 

प्रकाशित मिति: १८:५४ बजे, आइतबार, असार २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्