Kathmandu Press

ओलीलाई प्रधानमन्त्रीको जवाफ : छिटफुट घटनालाई लिएर निर्वाचनको निष्पक्षतामाथि शंका गर्नु उपयुक्त हुँदैन 

उनले निर्वाचनमा सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमत कदर गर्नुको विकल्प नरहेको बताएका छन्। 
ओलीलाई प्रधानमन्त्रीको जवाफ : छिटफुट घटनालाई लिएर निर्वाचनको निष्पक्षतामाथि शंका गर्नु उपयुक्त हुँदैन 

काठमाडौं, जेठ १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको समयमा भएका छिटफुट घटनालाई लिएर समग्र निर्वाचनको निष्पक्षतामाथि शंका गर्न उपयुक्त नहुने बताएका छन्। 

संसदमा प्रस्तुत गरिएको आर्थिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलहरुले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको भन्दै त्यसको जवाफका क्रममा सो कुरा बताएका हुन्। 

Hardik ivf

उनले निर्वाचनमा सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमत कदर गर्नुको विकल्प नरहेको बताएका छन्। 

प्रधानमन्त्री देउवाले देशैभर एकैपटक एकैसाथ निर्वाचन सम्पन्न गराउनु चुनौतीपूर्ण विषय भएपनि सरकार त्यसमा सफल  भएको बताए।‘ स्रोत साधनको सिमितताका बाबजुद पनि निर्वाचत शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ। छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संसय व्यक्त गर्नु उपयुक्त हुँदैन,’ उनले भने। 

उनले पहिलो पटक सबै स्थानीय तहको निर्वाचन एकैसाथ र  शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ बताए । सबै मतदाताहरुलाई भयरहित  र स्वतन्त्र रुपमा मतदान गर्न पाउने अवसर सरकारले उपलब्ध गराएको बताउँदै प्रधानमन्त्री देउवाले सम्पूर्ण जनतालाई धन्यवाद ज्ञापन गरे। 
 

प्रकाशित मिति: २०:०६ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्