Kathmandu Press

वेस्टइन्डिजविरुद्ध छक्का हान्दै अनिलले बनाए अर्धशतक

कुशल भुर्तेल दोस्रो ओभरमै आउट भएपछि ब्याटिङका लागि आएका अनिलले १६औं ओभरको पहिलो बलमा हैडन वाल्स जुनिरलाई छक्का हान्दै अर्धशतक बनाएका हुन्।
वेस्टइन्डिजविरुद्ध छक्का हान्दै अनिलले बनाए अर्धशतक

काठमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा अनिल साहले पनि अर्धशतक प्रहार गरेका छन्।

कुशल भुर्तेल दोस्रो ओभरमै आउट भएपछि ब्याटिङका लागि आएका अनिलले १६औं ओभरको पहिलो बलमा हैडन वाल्स जुनिरलाई छक्का हान्दै अर्धशतक बनाएका हुन्। यसक्रममा उनले ४१ बलमा खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे।

Hardik ivf

अनिलको अर्धशतक प्रहार गरेपछि १७३ रनको लक्ष्य पछ्याएको नेपाल जित नजिक पुगेको छ। ताजा अवस्थामा नेपाल १६औं ओभरको समाप्तिमा १३७–२को अवस्थामा छ।

यो सिरिजमा नेपालका लागि अर्धशतक बनाउने अनिल तेस्रो खेलाडी हुन्। यसअघि रोहितकुमार पौडेल र आसिफ सेखले अर्धशतक बनाएका छन्।

त्यसअघि आसिफ शेखले पनि अर्धशतक बनाएका थिए। उनले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गदैृ ५१ रन बनाए। आसिफ र अनिलले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए।

अहिले अनिललाई क्रिजमा कशुल मल्लले १० रन बनाएर साथ दिइरहेका छन्।

प्रकाशित मिति: १५:१४ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्