Kathmandu Press

राज्यका कमजोरीलाई सजग गराएर मिडियाले सुशासन कायम गर्न भूमिका खेलेको छ : मन्त्री गिरी

राज्यका कमजोरीलाई सजग गराएर मिडियाले सुशासन कायम गर्न भूमिका खेलेको छ : मन्त्री गिरी

काठमाडाैं, वैशाख २२ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राज्यले गरेका कमजोरीलाई सजग गराएर मिडिया क्षेत्रले मुलुकमा सुशासन कायम गर्न भूमिका खेलेको बताएका छन्।

डिजिटल मिडिया फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री गिरीले मुलुकको ठूला–ठूला परिवर्तन मिडिया क्षेत्रकै कारण सफल भएको र राज्यले गरेका कमजोरीलाई सजक गराएर मिडिया क्षेत्रले मुलुकमा सुशासन कायम गर्न भूमिका खेलको बताएका हुन्।

Hardik ivf

उनले अरुलाई सुशासन कायम गर्न झकझकाउने मिडिया क्षेत्र आफै पनि मर्यादित र उत्तरादायी बन्नुपर्ने उल्लेख गरे। मन्त्री गिरीले साना कमजोरीका कारण हुने गल्तीले मिडिया क्षेत्रको मनोबल कमजोर हुने भन्दै सजक हुनुपर्ने सुझाव दिए।

कुनै मिडियाकर्मीले काम गर्दा हुने कुनै क्षतिको क्षतिपूर्ति दिनका लागि आवश्यक निकाय जिम्मेवार हुने अवस्था सिर्जना गर्नुपर्ने उहाले बताए। उनले श्रमजीवी पत्रकार ऐन बनेपनि कार्यान्वयन हुन नसकेको अवस्थामा आफुले बिशेष ध्यान दिने धारणा राखे।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमको नियामक निकाय काउन्सिललाई प्रयाप्त बजेट नभएको बताए। उनले पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग गर्ने सञ्चारमाध्यमको विश्वस्नीयता कम हुँदै गएको धारणा राखे।

त्यस्तै उनले धेरै त्रुटिपूर्ण रहेका कुराहरुलाई सुधार र नियन्त्रणका लागि कहिलेकाही नियमक निकाय कठोर हुने अवस्था आउने धारणा राखे। 

प्रकाशित मिति: १७:२८ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्