Kathmandu Press

काठमाडौं उपत्यकामा थप १५६ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर १६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ९९, भक्तपुरमा १५ र ललितपुरमा ४२...
काठमाडौं उपत्यकामा थप १५६ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर १६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ९९, भक्तपुरमा १५ र ललितपुरमा ४२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७५३ रहेको छ।

तीमध्ये काठमाडौंमा ६८९, भक्तपुरमा ४८५ र ललितपुरमा ५९९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्