Kathmandu Press

गृहसचिव अर्याल विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षणमा

प्रस्थान कक्षबाटै यात्रुकै रुपमा विमानस्थल छिरेका अर्यालले वायुसेवा कम्पनीहरुका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्ने सम्मको निरीक्षण गरे।
गृहसचिव अर्याल विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षणमा

काठमाडौं, वैशाख २६ : गृहसचिव एकनारायण अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन्। बुधबार उनले आगमन र प्रस्थान दुवै कक्षसँगै कार्यालयको निरीक्षण गरेका हुन्।

प्रस्थान कक्षबाटै यात्रुकै रुपमा विमानस्थल छिरेका अर्यालले वायुसेवा कम्पनीहरुका  काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्ने सम्मको निरीक्षण गरे।

Hardik ivf

उनले विमानस्थलमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ड्युटी अधिकृतहरुसँग कुराकानी गरेका थिए। भौतिक पूर्वाधारदेखि जनशक्ति तथा समन्वयबारे समेत चासो राखेका थिए।

गृहसचिव अर्यालले त्यहाँ कार्यरत जवानदेखि अधिकृतसम्मका अनुभव र गुनासा सुन्नुुका साथै तत्काल समन्वय गर्नुपर्ने विषयमा ‘अन दी स्पट’ नै सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशनसमेत दिए।

यात्रु आगमनदेखि कर्मचारी, सुरक्षाकर्मी तथा कार्यालय प्रमुखहरु बस्ने कार्यकक्षसम्मै अनुगमन गरेका गृहसचिव अर्यालले देखिएका स–साना समस्याहरु समाधान गर्न र सरसफाइमा ध्यान दिन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिए।

विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्माले न्यून स्रोतसाधन तथा जनशक्तिका बीच  सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गरिहेको जानकारी गराएका थिए।

 

प्रकाशित मिति: १९:४५ बजे, बुधबार, वैशाख २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्