गृहमन्त्रीमाथि संसदीय छानविनको अडानबाट पछि नहट्ने कांग्रेसको निर्णय
सहकारीको रकम अपचलनमा मुछिएका लामिछानेको विषयमा छलफलका लागि पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष तहका नेताको बैठकले उक्त निर्णय लिएको हो।
काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने अडानबाट पछि नहट्ने निर्णय गरेको छ।
सहकारीको रकम अपचलनमा मुछिएका लामिछानेको विषयमा छलफलका लागि पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष तहका नेताको बैठकले उक्त निर्णय लिएको हो।
संसदीय छानबिन समिति बनाउने पूर्वअडान कायम राख्ने निर्णय गरिएको छ। सरकारले आगामी २८ वैशाखदेखि संसदको बजेट अधिवेशन बोलाएको छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री लामिछाने माथि संसदीय छानबिन समिति गठन हुनुपर्ने अडान गर्दै आएको छ।
यसैबीच संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले बिहीबार दिउँसो २ बजे संसदीय दलको बैठक समेत डाकेको छ।
प्रकाशित मिति: १८:०३ बजे, बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)
