Kathmandu Press

नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित 

धादिङ, मंसिर १३ः नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा उनले एक हजार...
नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित 

धादिङ, मंसिर १३ः नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। 

कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा उनले एक हजार ८२ मत प्राप्त गर्दै सभापति निर्वाचित भएका हुन्। दुई हजार २०० क्षेत्रीय प्रतिनिधि मतदाता रहेकामा दुई हजार १५६ ले मतदानमा भाग लिएका थिए । 

Hardik ivf

 यसैगरी जिल्ला कार्यसमितिको उपपसभापतिद्वयमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी , सचिवद्वयमा विकास श्रेष्ठ र रामृष्ण पाण्डे, सह सचिवद्वयमा नवराज तिमल्सिना र विजयकुमार तामाङ निर्वाचित भएका छन्।

जिल्ला कार्यसमितिका सदस्यमा अश्विन लम्साल, बाबुकृष्ण सापकोटा, राम्री नेपाली, गोविन्द कुँवर र विष्णुबहादुर नेपाली निर्वाचित भएका छन्।  जिल्ला कार्यसमितिको अन्य सदस्यको मतगणना जारी छ । कांग्रेसको महासमिति सदस्यका लागि क्षेत्र नम्बर २ बाट दिलमान पाख्रिन, भीमप्रसाद ढुङ्गाना, रमेश धमला, रामनाथ अधिकारी, डा राजाराम कार्की, देवीकुमारी बुर्लाकोटी, कल्पना अधिकारी र राजन बुर्लाकोटी निर्वाचित भएका छन्।
    
यसैगरी क्षेत्र नम्बर १ को महासमिति सदस्यको निर्वाचन भएको छैन।

प्रकाशित मिति: १०:२२ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्