Kathmandu Press

गण्डकीमा ३३ जना कोरोना सङ्क्रमण मुक्त

काठमाडौं, मंसिर ९ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा दुई जनाको मृत्यु भएको...
गण्डकीमा ३३ जना कोरोना सङ्क्रमण मुक्त
Hardik ivf

काठमाडौं, मंसिर ९ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा दुई जनाको मृत्यु भएको छ भने १० जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ का ८६ वर्षीय महिला र पोखराकै वडा नं ३० का ५१ वर्षीय पुरुष छन् ।

यीसँगै प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक जार ४१५ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७५ जना छन् भने होम आइसोलेशनमा १४९ जना रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: १९:२० बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्