Kathmandu Press

कांग्रेस स्याङ्जा जिल्ला सभापतिमा थापा र मल्लबीच प्रतिस्पर्धा 

काठमाडौं, मंसिर ९ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार (भोली) स्याङ्जा जिल्लामा पनि अधिवेशन हुँदैछ ।भोली हुने अधिवेशनका लागि मुलतः २...
कांग्रेस स्याङ्जा जिल्ला सभापतिमा थापा र मल्लबीच प्रतिस्पर्धा 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर ९ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार (भोली) स्याङ्जा जिल्लामा पनि अधिवेशन हुँदैछ ।

भोली हुने अधिवेशनका लागि मुलतः २ प्यानलबीच चुनावी भिडन्त हुँदै छ । जिल्ला सभापतिका लागि संविधान सभा सदस्य राजु थापा र गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ल प्यानलनै बनाएर प्रतिस्पर्धामा छन् ।

थापाले २०७० सालको संविधान सभा निर्वाचनमा साबिकको क्षेत्र नं १ बाट करिब २० बर्षसम्म कम्युनिष्टले कब्जा गरेको क्षेत्रमा जित हासिँल गरेर लोकप्रिय भएका थिए । उनी केन्द्रमा देउवा निकट मानिन्छन् यद्यपी उनले स्याङ्जा कांग्रेसलाई एक ढिक्का बनाएर लैजानका लागि जिल्लामा भएका विभिन्न गुटहरुलाई एक बनाएर चुनावी मैदानमा छन् । 

यस्तै मल्ल २०७४ सालमा सम्पन्न निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष तर्फ निर्वाचित भएका हुन् । उनी हाल तरुण दल स्याङ्जाको सभापति समेत हुन् । यता, मल्ल नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठ निकटका मानिन्छन् । स्पष्ट केन्द्रको धार नदेखिएको स्याङ्जामा श्रेष्ठ समूह र थापा समूहको प्रतिस्पर्धा देखिएको छ ।  

महाधिवेशन प्रतिनिधिको खुल्लातर्फ स्याङ्जाको क्षेत्र नं १ बाट थापा र क्षेत्र नं २ बाट मल्लले सर्वाधिक भोट पाएका थिए । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नं १ मा थापा निकै बलियो रुपमा देखिएका छन्, भने क्षेत्र नं २ मा मल्ल बलियो रहेका छन् । स्याङ्जाको क्षेत्र नं मा १०३० र क्षेत्र नं २ को १२४२ गरी २२७२ मत रहेको छ ।  

भोली हुने निर्वाचनका लागि लगभग सम्पूर्ण तयारी पुरा भएको नेपाली कांग्रेस स्याङ्जा जिल्ला सहायक निर्वाचन अधिकृत बाबुराम सिग्देलले जानकारी दिए । 

प्रकाशित मिति: १८:३८ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्