Kathmandu Press

शेयरमा ११ करोड ठगीका आरोपी श्रीवास्तवलाई तीन दिन थुन्न अनुमति

श्रीवास्तव साढे ११ करोड रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका थिए। उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमती दिएको हो।
शेयरमा ११ करोड ठगीका आरोपी श्रीवास्तवलाई तीन दिन थुन्न अनुमति

काठमाडौं, साउन २१ : ठगी गरेको आरोपमा पक्राउ परेका शेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई थुनामा राख्न अदालतले तीन दिनको थुना अनुमती दिएको छ। 

श्रीवास्तव साढे ११ करोड रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका थिए। उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमती दिएको हो। 

श्रीवास्तवविरुद्ध मीता अग्रवाल मुरारकाले ठगीमा जाहेरी दिएकी थिइन्। उनीविरुद्ध शेयर कारोबारको रकम फिर्ता नगरेको आरोप छ। 

यसअघि शेयर कारोबारमा ठगीएको आरोपसहित परेको जाहेरीका आधारमा व्यवसायी दीपेन्द्र अग्रवाल पनि पक्राउ परेका थिए।

प्रकाशित मिति: १७:३१ बजे, बुधबार, साउन २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्