Kathmandu Press

सत्तारुढ बाहेकका दलहरू सिंहदरबारमा छलफलमा

बैठकमा ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ का प्रावधानहरु वर्तमान संविधान, ऐन र कानुनभन्दा विपरीत रहेकाले त्यसबारे छलफल गरी साझा धारणा बनाउने बिषयमा छलफल भइरहेको छ। 
सत्तारुढ बाहेकका दलहरू सिंहदरबारमा छलफलमा

काठमाडौं, साउन २१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आमन्त्रणमा सत्तारुढ कांग्रेस र एमाले बाहेकका दलको बैठक सिंहदबारमा बसिरहेको छ। 

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बसेको हो।

बैठकमा ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ का प्रावधानहरु वर्तमान संविधान, ऐन र कानुनभन्दा विपरीत रहेकाले त्यसबारे छलफल गरी साझा धारणा बनाउने बिषयमा छलफल भइरहेको छ। 

यही विषयमा छलफलका लागि विपक्षी दलहरुलाई छलफलमा डाकिएको थियो। 

अध्यक्ष दाहालको सचिवालयका अनुसार निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भन्दै राजनीतिक दलहरुलाई ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ पठाएको थियो। 

प्रकाशित मिति: १७:३४ बजे, बुधबार, साउन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्