Kathmandu Press

‘सुदृढ जबजको मार्ग निर्देशमा समाजवादको आधार निर्माण एमालेको कार्यदिशा’

‘सुदृढ जबजको मार्ग निर्देशमा समाजवादको आधार निर्माण एमालेको कार्यदिशा’
Hardik ivfHardik ivf

चितवन, मंसिर ९ : एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले दसौं महाधिवेशनले सुदृढ जबजको मार्ग निर्देशमा समाजवादको आधार निर्माणलाई पार्टीले कार्यदिशा बनाउने बताएका छनज्।  

प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका उनले पार्टीले आफ्नो नीति, कार्यक्रम, कार्यदिशा, विधान पास गरिसकेको बताए।

‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गर्ने अब नेकपा एमालेको कार्यदिशा हो,’ उनले भने।

नेपालका राजनीतिक दलहरुको इतिहासमा एमालेले तय गरेको सबैभन्दा उन्नत र समृद्ध कार्यदिशा भएको उनको दाबी थियो। उनले भने, ‘अब हामीले त्यता लक्ष्य बनाएका छौं। यो महाधिवेशनबाट त्यो कार्यदिशामा सम्पूर्ण प्रतिनिधिहरुलाई एकरुपताका साथ हामीले बुझाउनेछौं।’ त्यसबाट प्रशिक्षित भएर कार्यक्षेत्रमा प्रतिनिधिहरु फर्कने उनले बताए। 

महाधिवेशन सकिए लगत्तै नेकपा एमाले निर्वाचनको तयारीमा जुट्ने उनले बताए। यो महाधिवेशनले पार्टीलाई सम्पूर्ण ढंगले एकताबद्ध बनाउने र आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने सङ्कल्प गरेर फर्कने उनको भनाइ थियो। एकता, सहमति र पार्टीभित्रका अन्तरविरोधहरुलाई मैत्रीपूर्ण ढंगले समाधान गर्दै कम्युनिष्ट आन्दोलनको एक मात्र पार्टीका रूपमा एमालेललाई स्थापित गर्ने भट्टराईले बताए। 

प्रकाशित मिति: १८:३५ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्