चुनाव गर्न सरकारले दलको विश्वास जित्न सांसदले दिए गृहमन्त्रीलाई सुझाव
सांसदहरुले तोकिएको समयमा निर्वाचन गर्न सरकारले राजनीतिक दलहरूसहित सबैको विश्वास जित्न सक्नुपर्ने बताए।
काठमाडौं, मंसिर ११ : राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकमा भएको छलफलमा सांसदहरूले निर्वाचनमा जान राजनीतिक दलहरूको विश्वास सरकारले आर्जन गर्नुपर्ने बताएका छन्।
बिहीबार दिउँसो सिंहदरबारमा भएको छलफलमा बोल्दै सांसदहरूले गृहमन्त्री ओमप्रकास अर्याललाई यस्तो सुझाव दिएका हुन्। सांसदहरुले तोकिएको समयमा निर्वाचन गर्न सरकारले राजनीतिक दलहरूसहित सबैको विश्वास जित्न सक्नुपर्ने बताए।
सांसद पदम परियारले पछिल्लो समयमा एकले अर्कोलाई निषेध गर्ने घटना देखिएको भन्दै प्रश्न उठाए । बारा सिमरा घटना, कैलालीको घटनालगायत यसैका प्रतिनिधि घटना रहेको उनको भनाई थियो।
परियारले जेनजी भर्सेस पार्टी, पार्टी भर्सेस जेनजी र पार्टी भर्सेस पार्टी हुने अवस्थालाई सरकारले कसरी काबुमा राख्दैछ भन्ने प्रश्न समेत उठाए। छलफलमा बोल्ने अन्य सांसदले पनि समयमा निर्वाचन गर्न सरकारले राजनीतिक दलहरूसहित सबैको विश्वास जित्न सक्नुपर्ने बताए।











-ink-1744291933.jpeg)
