महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापति थापालाई सर्वाधिक मत, अरु को-को भए निर्वाचित ?
बदलिएको एजेण्डासहित गाउँ पसेको कांग्रेसमा यसपटक धेरै युवाहरु केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । कांग्रेसले ३५ बर्ष मुनिको कलष्टर नै राखेको हुँदा उक्त कलष्टरबाट जुजारु युवाहरु समेत कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्ने सुवर्ण अवसर प्राप्त गरे ।
काठमाडौं, असोज १५ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट जिल्ला सभापति राजु थापासहित ३३ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । थापा सर्वाधिक १ हजार १७ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । थापाले यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पनि सर्वाधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि चयन भएका थिए । यसपटक पनि क्षेत्र नं. १ को खुलातर्फ सबैभन्दा धेरै मत ल्याएपछि उनको प्रतिनिधित्व निरन्तर भएको छ ।
खुलातर्फ निर्वाचित हुनेमा भरतराज ढकाल, अनुप श्रेष्ठ, अजित अधिकारी क्षेत्री, प्रकाश तिवारी, तुलसीराम रेग्मी, धनराज गुरुङ, भरतप्रसाद लम्साल, दिपक लम्साल र गोविन्दबहादुर रानाभाट रहेका छन् । ढकाल यसअघि प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार थिए भने काजिमान हरिटीका मा.वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले विद्यालय सुधारका लागि प्रयास गरेका थिए । यसअघिको पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भईसकेका क्षेत्री हाल नेपाली कांग्रेस गण्डकी प्रदेशको सदस्य एवं भातृ समन्वय विभागको प्रमुख समेत रहेका छन् ।
प्रतिनिधिमा निर्वाचित भएका तिवारी अर्जुनचौपारी गाउँपालिका अध्यक्ष समेत हुन् । उनले पालिका सुधारका लागि नविनतम कार्य अगाडी बढाएका छन् । पालिकालाई पर्यटनको हबका रुपमा बिकसित गर्नका लागि नेपालकै पहिलो नवग्रह मन्दिरको स्थापना समेत उनकै परिकल्पनामा निर्माण भएको थियो । उनीसँगै महाधिवेशन प्रतिनिधिमा जनजाती महिलातर्फ निर्वाचित भएकी सपना गुरुङले उनको उत्कृष्ट गाउँपालिका बनाउने अभियानमा साथ दिएकी थिईन् ।
यस्तै रेग्मी पुतलीबजारका नगर प्रमुख एवं निवर्तमान क्षेत्रीय सभापति समेत हुन् । उनीसँगै खुला महिलातर्फ निर्वाचित भएकी अर्याल पनि सोही नगरपालिकाको नगर उपप्रमुख हुन् । खुलातर्फबाट निर्वाचित धनराज गुरुङ केन्द्रीय स्तरका नेता हुन् । उनी शेरबहादुर देउवा सभापति रहँदा उपसभापति रहेका थिए । भरत प्रसाद लम्साल कांग्रेस जिल्ला कार्यसमितिको प्रवक्ता हुन् । अर्को निर्वाचित दिपक लम्साल र रानाभाट कांग्रेसका नेता हुन् ।
यस्तै खुला महिलातर्फ उर्मिला गुरुङ सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। गुरुङ दक्षिण एसियाकै पहिलो होमस्टे भनेर चिनिने सिरुवारी होमस्टेकी अगुवा समेत हुन् । उनीसँगै देवी अर्याल, तारा मल्ल र बन्दना लम्साल खुला महिलातर्फबाट निर्वाचित भएका छन् ।
विभिन्न समावेशी तथा क्लस्टरतर्फ पनि प्रतिनिधिहरू निर्वाचित भएका छन् । दलिततर्फ दिपक बि.क., श्रमिकतर्फ महेशबहादुर थापा (गणेश) र पेसागततर्फ इन्जिनियर सुदर्शन शर्मा निर्वाचित भएका छन् ।
यस्तै, ३५ वर्षमुनिको युवातर्फ महिला रेजिना खड्का तथा खुलातर्फ इन्जिनियर सुबास पौडेल र सौजन गुरुङ निर्वाचित भएका छन् ।
अपांगतातर्फ दिपेन्द्र खड्का, सहिद परिवारतर्फ ओमबहादुर भट्ट क्षेत्री र मुस्लिमतर्फ सा. मोहम्मद मिया निर्वाचित हुँदा दलित महिलातर्फ अनिता रुचाल र दलित खुलातर्फ सुजन गहतराज, जनजाति महिलातर्फ सपना गुरुङ तथा जनजाति खुलातर्फ गोविन्दकुमार कर्माचार्य र नेमबहादुर राना निर्वाचित भएका छन् । कर्माचार्य भीरकोट नगरपालिकाका नगरप्रमुख हुन् ।
समानुपातिकतर्फ खस आर्य महिलामा कौशिला पौडेल क्षेत्री र सीता गोदार तथा सोही क्लस्टरको खुलातर्फ विज्ञान भण्डारी, ध्रुवबन्धु पौडेल र चन्द्रकान्त पोखरेल निर्वाचित भएका छन् ।
बदलिएको एजेण्डासहित गाउँ पसेको कांग्रेसमा यसपटक धेरै युवाहरु केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । कांग्रेसले ३५ बर्ष मुनिको कलष्टर नै राखेको हुँदा उक्त कलष्टरबाट जुजारु युवाहरु समेत कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्ने सुवर्ण अवसर प्राप्त गरे । यससँगै स्याङ्जा क्षेत्र नं. १ बाट १५ औँ महाधिवेशनका लागि विभिन्न क्लस्टर र समावेशी समूहबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूको टुंगो लागेको छ।
उता, स्याङ्जा क्षेत्र नम्बर २ को रोकिएको क्षेत्रीय अधिवेशनको मतदान शुक्रबार पुनः हुने भएको छ । विवादित मतदान प्रक्रिया पुनः सञ्चालन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएसँगै शुक्रबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।











-1790853075.png)