नेकपा र जसपाको श्रेष्ठ समूहबीच एकता घोषणा
बिहीबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबिच एकता घोषणा गरिएको हो। घोषणा सभामादुई पार्टीबिच १० बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत गरिएको छ।-1764246801.jpg)
काठमाडौं, मंसिर ११ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जसपाको राजेन्द्र कुमार श्रेष्ठ समूहबिच एकता घोषणा भएको छ।
बिहीबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबिच एकता घोषणा गरिएको हो। घोषणा सभामादुई पार्टीबिच १० बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत गरिएको छ।
उक्त सहमतिमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने र संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्ने भनिएको छ।
सहमतिपत्रमा विगतका सबल र दुर्वल पक्षहरूको समीक्षा गर्दै अब बन्ने एकीकृत पार्टीले ‘नेपाली विशेषताको समाजवाद’लाई आफ्नो मूल कार्यक्रमको रूपमा अङ्गीकार गर्ने भनिएको छ ।
यस्तै, पहिचान र अधिकारसहितको सङ्घीय समाजवादी गणतन्त्र प्राप्तिको रणनीतिक लक्ष्य पूरा गर्न सडक, सदन र सरकार तीनवटै मोर्चाबाट सङ्घर्ष गर्ने प्रतिबद्धता पनि नेताहरूले जनाएका छन्। दुवै पार्टीका नेता तथा कार्यकर्ताहरूको जिम्मेवारी बाँडफाँट आपसी सहमतिमा टुङ्गो लगाइने भनिएको छ। पार्टीका दस्ताबेजहरूमा रहनसक्ने मतभेदका विषयलाई एकता महाधिवेशनमार्फत हल गरिने सहमति बनेको छ।
उक्त सहमति–पत्रमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल तथा जसपा एकीकरण पक्षधरका तर्फबाट राजेन्द्र प्रसाद श्रेष्ठको हस्ताक्षर छ।











-ink-1744291933.jpeg)
