Kathmandu Press

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती

विहीबार सम्पन्न बैठकले सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने निर्णय भएको छ।
नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती

काठमाडौं, मंसिर ११ : नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिको सातौँ बैठक मंसिर ११ गते बंगलादेशको ढाकामा सम्पन्न भएको छ। 

बैठकले नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात गर्ने सहमति गरेको छ। हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भइरहेको छ।

विहीबार सम्पन्न बैठकले सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने निर्णय भएको छ।

बैठकको सहअध्यक्षता नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव श्री चरणजीवी चटौत तथा बंगलादेश सरकारको विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फरहानाज ममतले संयुक्त रूपमा गरेका थिए।

यसअघि मंसिर १० गते बसेको बैठकमा उठाइएका प्रस्तावहरूमा यो बैठकले विस्तृत छलफल गरेको हो । बैठकको सहअध्यक्षता नेपालका सहसचिव सन्दीप कुमार देव तथा बंगलादेशका अतिरिक्त सचिव के.एम. असल रेङाले गरेका थिए।

बैठकमा दुई देशबीच दीर्घकालीन ऊर्जा सहकार्य, विद्युत व्यापार, जलविद्युत आयोजनामा लगानी, अन्तरदेशीय प्रसारण लाइनका संरचना विकास लगायतका विषयमा व्यापक छलफल हुँदै देहायका महत्त्वपूर्ण सहमति भएका छन्।

प्रकाशित मिति: १५:३१ बजे, बिहीबार, मंसिर ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्