Kathmandu Press

स्काउटमा ३ लाख विद्यार्थी पुर्‍याउने लक्ष्य

काठमाडौं, मंसिर ४ : नेपाल स्काउटले मुलुकभर ३ लाख विद्यार्थीलाई समेटने लक्ष्यका साथ अभियान थालेको छ।मुलुक सङ्घीय संरचनामा गएसँगै आफ्नो संरचना पनि सोहीअनुसार अघि...
स्काउटमा ३ लाख विद्यार्थी पुर्‍याउने लक्ष्य

काठमाडौं, मंसिर ४ : नेपाल स्काउटले मुलुकभर ३ लाख विद्यार्थीलाई समेटने लक्ष्यका साथ अभियान थालेको छ।

मुलुक सङ्घीय संरचनामा गएसँगै आफ्नो संरचना पनि सोहीअनुसार अघि बढाएको नेपाल स्काउटले मुलुकका सबै (७५३ वटै) स्थानीय तहमा संरचना निर्माण गरिसकेको जनाएको छ।

स्काउट गतिविधिलाई थप चलायमान बनाउन संरचना विस्तार गर्ने क्रममा आज स्थानीय स्काउट कार्यालय काठमाडौंले यहाँ ‘प्रधानाध्यापक गोष्ठी’ गरेको छ।
 
हरेक स्कुलमा स्काउटको संरचना निर्माण गर्ने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना गरिएको र यो अभियान मुलुकभर नै जारी रहेको वाग्मती प्रदेश सदस्य शिवराम अर्यालले जानकारी दिए। हाल नेपालमा ६५ हजार विद्यार्थी स्काउटमा आबद्ध छन्।

Hardik ivf

उनका अनुसार काठमाडौँ महानगरपालिकाका ५९ सरकारी उच्च माध्यामिक विद्यालयमध्ये १३ वटामा स्काउट रहेकामा अब सबै विद्यालयलाई समेट्ने गरी उक्त भेला गरिएको हो। 

सन् १९०७ मा २० जनालाई लिएर बेलायतबाट लर्ड वेडेन पावेलले स्काउट स्थापना गरेका थिए। नेपालमा सन् १९५२ ९विसं २००९० मा स्काउट शुरु भएको हो। 

स्काउटको इकाइ गठन गर्न तथा गतिविधि सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको र यो क्रम जारी रहने महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए। 

कार्यक्रममा नेपाल स्काटउका निर्देशक रामप्रसाद भट्टराइले स्काउटको उद्देश्य, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्यास तथा गतिविधिका बारेमा प्रस्तुति दिँदै वर्तमान समयमा स्काउटको भूमिका अझ बढेर गएको बताए।

आयोजक संस्थाका संयोजक विमला श्रेष्ठले काठमाडौँ महानगरपालिकामा पनि स्काउटलाई व्यवस्थितरुपमा अघि बढाउनका लागि र हरेक शैक्षिक संस्थामा स्काउट इकाइ पु¥याउनका लागि प्रधानाध्यापकसँग छलफल गरिएको जानकारी दिए। 

स्काउटले बालकालिका तथा युवालाई कर्तव्यपरायण, सत्चरित्र र सुयोग्य नागरिक बनाउनुका साथै शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। यसैगरी स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायप्रति उत्तरदायी सदस्य बन्न योग्य बनाउँछ। 

विगतमा सामाजिक सेवा तथा विपदका बेलामा समेत स्काउट टोलीले मुलुकमा महत्वपूर्ण काम गर्दै आएको थियो। कोभिड–१९ सङ्क्रमणको समयमा स्काउट टोलीले जोखिमका साथ शव व्यवस्थापनसमेत गरेको थियो।

यस्तै विपदजन्य घटना, महामारी, भूकम्प र बाढी पहिरा आउँदासमेत स्काउट टोली उद्धारमा खटिएको थियो।

प्रकाशित मिति: १५:३० बजे, शनिबार, मंसिर ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्