नेपालीहरुको निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान सुरु गरेको हुँ : कुलमान घिसिङ
‘जहाँ बत्ती नै थिएन त्यहाँ पनि पु¥यायौं। अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ। प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौं। व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ,’ उनले भने।-(24)-1753681459.jpg)
काठमाडौं, साउन १२ : नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालीहरुको निराशालाई आशामा बदल्न आफुले उज्यालो नेपाल अभियान सुरु गरेको बताएका छन्।
अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोबल संस्थाले घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानीत गरेपछि कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन्। उक्त संस्थाले घिसिङले नेपालको उर्जा क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो।
अवार्ड समारोहलाई सम्बोधन गर्दै घिसिङले १८ घण्टासम्म लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडसेडिङ मुक्त बनाउन सम्भव भएको स्मरण गरे।
‘जहाँ बत्ती नै थिएन त्यहाँ पनि पु¥यायौं। अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ। प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौं। व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ,’ उनले भने।
उनले एक जिम्मेवार नागरिकको हैसियतले अब के गर्ने भनेर सोच्दै गर्दा ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको बताए।
‘सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी हटाउन, रोजगारी ल्याउन र नेपालीहरुको निराशालाई आशामा बदल्नको लागि उज्यालो नेपाल अभियान लिएर अगाडी बढेको हुँ। तपाईं सबैको साथको लागि अनुरोध गर्छु,’ घिसिङले भने, ‘ आगामी दिनमा तपाईंहरुले गरेको यो सम्मान मेरो आत्मबलको श्रोत हुनेछ।’



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)