Kathmandu Press

जनताको मन जितेर हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्छौंः कमल थापा 

काठमाडौं, साउन ३१ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अबको निर्वाचनमा जनताको मन जितेर पूर्ण बहुमतका साथ हिन्दू राष्ट्र....

जनताको मन जितेर हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्छौंः कमल थापा 

काठमाडौं, साउन ३१ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अबको निर्वाचनमा जनताको मन जितेर पूर्ण बहुमतका साथ हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्ने बताएका छन्। 

पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार दोलखा–काठमाडौं सम्पर्क समाज गठन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीलाई स्थापित गर्दै हिन्दू राष्ट्र र राजसंस्था पुनः स्थापना गर्ने दृढ संकल्प लिएर अघि बढेकाले त्यसतर्फ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका हुन्।

उनले अघिल्लो निर्वाचनमा राप्रपाको गणपुरक संख्यामा उपस्थिति हुन नसकेकै कारण हिन्दू राष्ट्र र राजसंस्था पुनः स्थापित हुन नसकेको बताए।

अध्यक्ष थापाले परम्परागत संस्कृति मासेर आएका पार्टीहरु र धर्म, संस्कृति, परम्परा मान्ने दुई समूहबीच नै प्रतिस्पर्धा हुने भएकोले जनताको घरदैलोमा पार्टीको एजेण्डा पुर्‍याउन सके राप्रपा अग्रणी हुनेमा आफू विश्वस्त रहेको बताए।
 

प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, साउन ३१, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्