Kathmandu Press

यू-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टिमको बिदाई

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा महासचसव किरण राई लगायत नेपाली टोलीलाई बिदाई गर्दै प्रतियोगिताका लागि शुभकामना दिए। 
यू-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टिमको बिदाई

काठमाडौं, साउन १४ : एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टिमको बिदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार एक कार्यक्रम गर्दै बिर्सना चौधरीको कप्तानीमा रहेको नेपाली टिमको बिदाई गरेको हो। 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा महासचसव किरण राई लगायत नेपाली टोलीलाई बिदाई गर्दै प्रतियोगिताका लागि शुभकामना दिए। 

एसियन कप छनोटमा नेपाल समूह एमा छ । यो समूहमा कोरिया, भुटान र साउदी अरेबिया छन्। यही समूहमा रहेका मंगोलियाले पनि प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।

यो समूहको खेल भुटानमा अगस्ट ६ देखि ११ सम्म भुटानमा हुने छ। समूहको शीर्ष टिमले सिधै छनोट हुनेछ भने समूहका दोस्रो हुने ८ टिममध्ये ३ टिमले पनि एसियन कपमा स्थान बनाउनेछ।

मंगोलियाले नाम फिर्ता लिएपछि दोस्रो हुँदै एसियन कप खेल्ने नेपालको सम्भावना छ। समूहमा भुटान र साउदी नेपालभन्दा निकै कमजोर टिम भएपछि उत्तर कोरिया भने निकै बलियो टिम हो। ऊ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो।

प्रकाशित मिति: १९:३० बजे, बुधबार, साउन १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्