Kathmandu Press

‘पोखरामा रोकिएको अभियानलाई निरन्तरता दिने, स्थायी  कमिटी बैठकको एजेन्डाबारे छलफल भयो’

बुधबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले साउन १६ गते (शुक्रबार) देखि सुरु हुने स्थायी कमिटी बैठकका लागि एजेन्डा तय गरेको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। 
‘पोखरामा रोकिएको अभियानलाई निरन्तरता दिने, स्थायी  कमिटी बैठकको एजेन्डाबारे छलफल भयो’

काठमाडौं, साउन १४ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले साउन १६ गतेदेखि सुरु हुने स्थायी कमिटी बैठकको लागि एजेन्डा तय गरेको छ।

बुधबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले साउन १६ गते (शुक्रबार) देखि सुरु हुने स्थायी कमिटी बैठकका लागि एजेन्डा तय गरेको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। 

उनले स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्ने बारे छलफल भएको जानकारी दिए। 

उनले समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढिकरणबारे पनि छलफल हुने भन्दै बैठकको अन्त्यमा अहिलेको वर्तमान स्थितिबारे एउटा प्रस्तावित पारित गर्ने एजेण्डा तयार भएको बताए। 

‘शुक्रबार बस्ने स्थायी कमिटीको बैठकमा पार्टी हेडक्वाटरको तर्फबाट अध्यक्ष प्रचण्डले र्वतमान परिस्थितिको बारेमा व्रिफिङ गर्नुहुनेछ। परिस्थितिको बारेमा व्रिफिङ गरिसकेपछि अभियान पोखरामा आएर जुन रोक्किएको छ नि त्यसलाई निरन्तरता दिने बारे छलफल भएको छ,’ बैठकपछि प्रवक्ता सापकोटाले भने। 

समाजवादी मोर्चालाई सक्रिय बनाउने र विस्तार गर्ने विषयमा पनि स्थायी कमिटी मा छलफल हुने उनले बताए। 
 
प्रकाशित मिति: २०:३६ बजे, बुधबार, साउन १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्