Kathmandu Press

गण्डकी प्रदेश शिक्षाको ‘हब’ : मुख्यमन्त्री पोखरेल

गण्डकी, कात्तिक ६ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश शिक्षाको केन्द्र बन्नसक्ने प्रशस्त सम्भावना रहेको बताएका छन्। उच्च शिक्षा तथा माध्यमिक...
गण्डकी प्रदेश शिक्षाको ‘हब’ : मुख्यमन्त्री पोखरेल
Hardik ivfHardik ivf

गण्डकी, कात्तिक ६ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश शिक्षाको केन्द्र बन्नसक्ने प्रशस्त सम्भावना रहेको बताएका छन्। 

उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले प्रदेश सरकारले प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित गण्डकी विश्वविद्यालय स्थापना गरेको बताए।

उनले भने, ‘गण्डकी प्रदेशलाई शिक्षा, खेलकुदलगायत धेरै चिजको केन्द्र बनाउन सकिन्छ, विदेशी विद्यार्थीसमेत पढ्न आउने परिकल्पनाका साथ गण्डकी विश्वविद्यालय बनेको हो, गुणस्तरीय शिक्षाको विकासका लागि निजी तथा तथा सरकारी विद्यालय र सरकारकाबीचमा राम्रो बहस हुनु आवश्यक छ।’

वर्तमान संविधानमा आधारभूत शिक्षा सबैलाई अनिवार्य तथा माध्यमिक विद्यालयसम्मको शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था गरेकाले सोको कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे। देशको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेकाले निजी क्षेत्रलाई निरुत्साहित गर्दा अर्थतन्त्र चल्नै नसक्ने अवस्था आउने भएकाले प्रोत्साहन जरुरी रहेको मुख्यमन्त्री पोखरेलले बताए।

हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवालले शैक्षिक संस्थाको सङ्ख्या वृद्धि भएको र शिक्षामा पहुँच बढे पनि गुणस्तरको विकास नभएको जनाउँदै व्यावहारिक र गरिखाने शिक्षाका बारेमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारको चासो हुनुपर्नेमा जोड दिए।

निजी विद्यालय तथा शैक्षिक संस्था प्रतिस्पर्धा गर्न चाहने र प्रतिस्पर्धा गर्न नसक्नेलाई बजारले समेत अस्वीकार गर्ने भनाइ उनको थियो। हिसानका केन्द्रीय सल्लाहकार रमाकान्त बरालले निजी विद्यालय तथा क्याम्पसप्रति राज्यको सकारात्मक धारणा आवश्यक हुनुपर्ने बताए। यसअघि जिल्ला र केन्द्रीय हिसान रहेकामा अधिवेशनले पहिलोपटक प्रादेशिक समिति गठन गर्ने केन्द्रीय उपाध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए।

प्रकाशित मिति: १९:३२ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्