मधेश प्रदेशका सभामुख मण्डलविरुद्ध महाभियोग पारित भएपछि पदमुक्त
मण्डलविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव बुधबार प्रदेश सभामा निर्णायार्थ पेस हुँदा प्रस्तावको पक्षमा ७६ मत (दुई तिहाई बढी) खसेको छ। दुई तिहाइका लागि ७२ मत भए पुग्थ्यो।-1763565309.jpg)
काठमाडौं, मंसिर ३ : महाभियोग प्रश्ताव पारित भएपछि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्।
मण्डलविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव बुधबार प्रदेश सभामा निर्णायार्थ पेस हुँदा प्रस्तावको पक्षमा ७६ मत (दुई तिहाई बढी) खसेको छ। दुई तिहाइका लागि ७२ मत भए पुग्थ्यो।
पदमुक्त भएका मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको, संसदीय मर्यादा विपरीत एकतर्फी ढंगले सभा सञ्चालन गरेको, कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरीत विपक्षी दलका नेताहरूलाई रोष्टम प्रयोग गर्न नदिएको, सत्तापक्षीय सांसदहरूलाई मात्र बोल्न अनुमति दिएको, विपक्षी दलहरूको अनुपस्थितिमा समेत बैठक सञ्चालन गरेको, मुख्यमन्त्रीलाई समेत रोष्टम प्रयोग गर्न नदिएको जस्ता विभिन्न आरोपसहित महाभियोग पेश भएको थियो।
मण्डलविरुद्ध ६४ जना प्रदेश सभा सदस्यहरूले प्रश्तावमा हस्ताक्षर गरेका थिए। उनीविरुद्ध विभिन्न ७ दलले कात्तिक २७ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएका छन् । उनी एमालेबाट सभामुख बनेका थिए।











-(86)-1764936079.jpg)
