मधेश प्रदेश सभा बैठक बस्दै, सभामुखमाथि महाभियोग सम्बन्धी छलफल हुने
७ दलका ६४ जना सांसदले महाभियोग दर्ता गराएपछिको यो पहिलो बैठक बस्न लागेको हो। महाभियोग दर्ता भएको ७ दिन भित्र बैठक बसी छलफल गर्नु पर्ने नियम रहेको छ।
धनुषा, मंसिर ३ : मधेश प्रदेश सभा बैठक आज बस्ने भएको छ। उपसभामुख बबिता कुमारी राउत ईशरले आज १ बजेका लागि बैठक आह्वान गरेकी छन्।
आजको बेठकमा सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल गर्ने कार्य सूची रहेको छ।
यसका लागि सम्पूर्ण प्रदेश सांसद र प्रदेशसभामा कार्यरत कर्मचारीहरुलाई अनिवार्य रुपमा उपस्थित हुनका लागि उपसभामुख ईशरले आग्रहसमेत गरेकी छन्।
७ दलका ६४ जना सांसदले महाभियोग दर्ता गराएपछिको यो पहिलो बैठक बस्न लागेको हो। महाभियोग दर्ता भएको ७ दिन भित्र बैठक बसी छलफल गर्नु पर्ने नियम रहेको छ।
अन्तिम पटक बैठक बस्दा निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तालिका रहेको थियो।
सोनलसहितको तत्कालिन मन्त्रीपरिषदका मन्त्रीहरुको बिना उपस्थित नै सभामुख मण्डलले बैठक अगाडि बढाएपछि विवाद उत्पन्न भएको थियो। सोही समय सोनलले आफू मुख्यमन्त्री पदबाट राजिनामा दिएको प्रदेश सभा बेठकमै घोषणा गरेका थिए।











-(86)-1764936079.jpg)
