Kathmandu Press

अर्जुनचौपारीमा विद्यार्थीहरुका लागि निःशुल्क आँखा परिक्षण शिविर 

मंसिर २ गते मंगलबार शुरु भएको शिविर शुक्रबार सकिने पालिकाले जनाएको छ । पहिलो दिन मंगलबार जम्मा ७४३ जना विद्यार्थीले आँखा परीक्षण गराए भने १०१ जनालाई अर्जुनचौपारी आँखा उपचार केन्द्रमा रिफर गरिएको छ । 
अर्जुनचौपारीमा विद्यार्थीहरुका लागि निःशुल्क आँखा परिक्षण शिविर 
Hardik ivf

काठमाडौं, मंसिर ३ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले विधालय स्वास्थ्य कार्यक्रम अन्तर्गत पालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि निःशुल्क आँखा परिक्षण शिविर सञ्चालन गरेको छ । 

मंसिर २ गते मंगलबार शुरु भएको शिविर शुक्रबार सकिने पालिकाले जनाएको छ । पहिलो दिन मंगलबार जम्मा ७४३ जना विद्यार्थीले आँखा परीक्षण गराए भने १०१ जनालाई अर्जुनचौपारी आँखा उपचार केन्द्रमा रिफर गरिएको छ । 

अर्जुनचौपारी गाउँपालिकाले आयोजना गरेको शिविरलाई हिमालयन आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ ।  

प्रकाशित मिति: ०८:२६ बजे, बुधबार, मंसिर ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्