Kathmandu Press

तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ६ : तास खेलिरहेको अवस्थामा धादिङ र पर्वतबाट गरी १७ जना पक्राउ परेका छन्।

धादिङको थाक्रे गाउँपालिका–७ जुगेखोलास्थित ऋषि सुबेदीको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय रामेश्वर कुँवर लगायत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेंसीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार रुपैयाँ र ताससहित फेला पारी पक्राउ गरेको हो।

पर्वतको कुश्मा नगरपालिका–७ खरेहा बस्ने गोविन्द अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय जितबहादुर सुनारलगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई ९ लाख ५८ हजार ७ सय ४१ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:०९ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्