Kathmandu Press

भीमबहादुर विश्वकर्माको परिवारलाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन 

काठमाडौं, कात्तिक ६ : चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको परिवारलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।उनको...
भीमबहादुर विश्वकर्माको परिवारलाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन 
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ६ : चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको परिवारलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

उनको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै नागरिक समाजका अगुवा, मानवअधिकारकर्मीलगायतले आज (शनिबार) माइतीघरमा प्रदर्शन गरेका  हुन्।

जात व्यवस्था उन्मूलन मोर्चा नेपालको आयोजनामा भएको प्रदर्शनका सहभाभगहिरूले ‘प्रिय विद्वान् दलितले मान्छे हुने कहिले?’, ‘भीमबहादुर विश्वकर्मालाई न्याय दे’, ‘जातिवादी सामन्ती चिन्तन मुर्दावाद’, ‘जात व्यवस्था मुर्दावाद’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए। 

भीमबहादुरको असोज २८ गते दसैंको महानवमीका दिन बिहान ९ः३० बजे स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठले कुटपिटबाट हत्या भएको थियो।

हत्या आरोपमा प्रहरीले ती दुवैजनालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित मिति: १५:०१ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्