Kathmandu Press

एकीकृत समाजवादीको एकमहिने प्रगति : ७३ भौगोलिक र ४ गैरभौगोलिक जिल्ला कमिटी गठन

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सार्वजनिक गरेको कार्यप्रगतिअनुसार हालसम्म देशका ७३ वटा भौगोलिक र चार गैरभौगोलिक जिल्ला कमिटीहरू गठन भएका छन् ।
एकीकृत समाजवादीको एकमहिने प्रगति : ७३ भौगोलिक र ४ गैरभौगोलिक जिल्ला कमिटी गठन
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ५ : नेकपा (एकीकृत समाजवादी)ले आफ्नो एक महिने कार्यप्रगति सार्वजनिक गरेको छ ।

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सार्वजनिक गरेको कार्यप्रगतिअनुसार हालसम्म देशका ७३ वटा भौगोलिक र चार गैरभौगोलिक जिल्ला कमिटीहरू गठन भएका छन् । भौगोलिक जिल्ला कमिटीमध्ये गठनका लागि तय भएका कार्यक्रमहरू पछिल्लो समयको वर्षा, बाढी, पहिरो र सडक दुर्घटनाको शृंखलाका कारण स्थगित भएको खतिवडाले उल्लेख गरेका छन् ।

उनका अनुसार संघीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनले तीव्रता पाएको छ । ‘यससँगै विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चहरूको गठन जारी छ,’ खतिवडाले भनेका छन् ।

देशबाहिर प्रवास कमिटीहरू गठन भइरहेको र ती कमिटीलाई औपचारिकता दिन देशबाट पुग्नुपर्ने नेताहरूको व्यस्तताका कारण सम्भव नभइरहेको उनले उल्लेख गरेका छन् । खतिवडाका अनुसार चाडपर्व र प्रकृतिक विपत्ति व्यवस्थापनपछि ती काम सम्पन्न हुने छन् ।

पार्टीको आधिकारिक प्रकाशनतर्फ केन्द्रीय मुखपत्रका रूपमा ‘समाजवाद’ र गतिविधिमूलक प्रकाशन (बुलेटिन) का रूपमा ‘कलम’ को प्रकाशन तयारी भइरहेको उनले जानकारी दिए ।

यसबीचमा एकीकृत समाजवादी चारजना संघीय सांसदहरू मन्त्री र एकजना राज्यमन्त्री बनेको उनले उल्लेख गरेका छन् । उक्त पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक ५–७ असोजमा सम्पन्न भएको छ । उक्त पार्टीले ९ भदौमा निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो ।

त्यसयता केन्द्रीय कमिटीलाई पूर्णता दिइएको, सबै प्रदेश र प्रदेश स्तरका कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएको, केन्द्रीय आयोग र निकायहरू गठन भएका, केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरू तोकिएको र ती विभागलाई पूर्णता दिन देशभरबाट विभागको कार्यक्षेत्र, प्रकृति र चरित्रअनुसारका नेताहरूको छनोटको काम अन्तिम चरणमा रहेको खतिवडाले उल्लेख गरेका छन् ।

यस्तै, सबै जनसंगठन, पेशागत तथा सामुदायिक संगठनहरूका विभिन्न तहका कमिटी गठन, पुनर्गठन र रूपान्तरणको काम जारी रहेको खतिवडाले बताएका छन् । पार्टीका सबै जिल्ला कमिटी, जनसंगठनसहित पेशागत तथा सामुदायिक संगठनका इन्चार्ज र सह–इञ्चार्ज तोकिएको एकीकृत समाजवादीले जनाएको छ ।

प्रकाशित मिति: २०:१९ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्