Kathmandu Press

बलात्कार आरोप लागेका अहिराज पुर्पक्षका लागि जेल चलान

न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। आदेशलगत्तै अहिराजलाई डिल्लीबजार कारागार चलान गरिएको छ।
बलात्कार आरोप लागेका अहिराज पुर्पक्षका लागि जेल चलान

काठमाडौं, साउन १४ : जिल्ला अदालत काठमाडौंले मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। आदेशलगत्तै अहिराजलाई डिल्लीबजार कारागार चलान गरिएको छ। दिएको जाहेरीका आधारमा बलात्कार आरोपमा मुद्दा दर्ता गएिको थियो। 

४ साउनमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोप अहिराजमाथि लागेको थियो। अहिराजको जाहेरीको आधारमा पीडित भनिएकी युवतीविरुद्ध बुधबारै जिल्ला अदालत काठमाडौँमा अर्को मुद्दा दर्ता भएको छ। 

अहिराजबाट पीडित भनिएकी युवतीविरुद्ध अहिराजको जाहेरी अनुरुप  आपराधिक लाभको कसुरमा मुद्दा दर्ता भएको भएको हो। युवतीले आफ्नो डेरामा पुगेर अहिराजले बलात्कार गरेको आरोप अहिराजविरुद्ध लगाएकी छन्। 

पीडित भनिएकी ति युवतीले आफूलाई २०८१ साल जेठ ४ गते नयाँ बानेश्वरस्थित कोठामा बलात्कृत भएको प्रहरी बयानमा बताएकी छन्। अहिराजलाई बलात्कार अभियोगमा सात वर्षदेखि १० वर्षसम्म जेल सजायको माग राखेर अहिराजविरुद्ध मुद्दा दर्ता गरिएको थियो। 

प्रकाशित मिति: १९:२७ बजे, बुधबार, साउन १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्