प्रदेश नं १ मा ९० जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर, कात्तिक ५ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिलासहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ४४६ जनाको पिसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा सङ्क्रममण देखिएको हो। 

सङ्क्रमितमा झापामा ३३, मोरङमा २०, सुनसरीमा तीन, इलाममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका चार जना रहेका छन्। स्थानीय तहअनुसार झापाको भद्रपुरमा १०, विर्तामोडमा नौ, दमक, अर्जुनधारा र शिवसताक्षीमा तीन÷तीन, हल्दिबारी र कनकाईमा दुई÷दुई र गौरादहमा एक, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा चार, कटहरीमा तीन, बेलबारीमा दुई, कानेपोखरीमा एक, सुनसरीको धरानमा तीन, इलामको इलाम नगरपालिका र माईजोगमाईमा एक÷एक, उदयपुरको उदयपुरगढीमा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो। 

प्रदेशमा आजै २९ महिलासहित ५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई  महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

 Published Date: Friday, 22nd October 2021 6:59:00 pm