Kathmandu Press

ट्रेन्डी होइन, मेलोडियस गीत ल्याउँदाको जोखिम

डान्सिङ र टिकटक केन्द्रित गीत बन्ने अहिलेको ट्रेन्डमा गायक सन्तोष लामाले भने ट्रेन्ड ब्रेक गरेर जोखिम मोलेका छन्।
ट्रेन्डी होइन, मेलोडियस गीत ल्याउँदाको जोखिम
Hardik ivfHardik ivf

काठमाडौं, असोज २८ : गायक सन्तोष लामाले ‘तिमीलाई सम्झेर’ बोलको गीत केही समयअघि यट्युबमार्फत रिलिज गरेका छन्। ‘मेलोडियस’ भाकाको यो गीतमा अभिनय पनि उनैले गरेका छन्। अहिले भाइरलको ट्रेन्डले निम्त्याएका विकृति र प्रेमको साँचो अर्थलाई भिडियोमार्फत प्रस्तुत गर्न खोजिएको छ।

यस्तै, अहिलेको ट्रेन्डमा डान्सिङ र टिकटक केन्द्रित गीत बन्ने क्रममा उनले भने ट्रेन्ड ब्रेक गरेर जोखिम मोलेका छन्।

‘मलाई धेरैले टिकटकमा हिट हुने गीत गाउनुपर्छ भनेर सल्लाह दिनुभयो। हुन त, टिकटक पनि एउटा माध्यम हो। मलाई भने एउटा कलाकारले गीत-संगीतकै माध्यमबाट चिनिनुपर्छ भन्ने मलाई लाग्छ,’ उनी भन्छन्। गीत थोरैको माझमा जाओस् तर पूरा सुनिदिऊन् भन्ने उनको इच्छा छ।

‘विगतमा एल्बम र गीत विमोचन हुँदा आफू दुलाहा भएजस्तो लाग्थ्यो,’ गायक लामा भन्छन्, ‘न्युजमा दुई-तीन दिनसम्म पनि छाइन्थ्यो। तर, अहिले यस्ता कार्यक्रममा आजकल कम हुँदा रौनक भने केही कम भएजस्तो लाग्छ।’

कोभिड महामारी र त्यससँगै उचाइ पाएको प्रविधिको सहायताले त्यस प्रकारका कार्यक्रम प्रोमोसनल कार्यक्रममा रोकावट भएको उनको बुझाइ छ। बिनाप्रोमोसन यसपटक पनि दर्शक-स्रोताबाट कस्तो प्रतिक्रिया आउँछ भन्नेमा उनी केन्द्रित छन्। भन्छन्, ‘मैले रिक्स भने लिएको नै हो।’

कहिलेकाही ‘आउट अफ लिक’ भएजस्तो भने उनलाई लाग्छ। तर, फेरि आफ्ना गीत रुचाएर फोन गर्ने, प्रतिक्रिया दिने दर्शक-स्रोतका कारण उनलाई हौसला प्राप्त हुन्छ, उनलाई।

गीत नचले पनि उनलाई नराम्रो लाग्दैन रे। गीत मन पराउनु, मन नपराउनु दर्शक-स्रोताकै छनौटको विषय मान्छन्, गायक लामा। तथापि, स्रोताले मन पराउने गीत-संगीत पस्किनुपर्छ भन्नेमा सचेत छन्। सर्जक र गायकले संगीतप्रतिको लगावबाट बिमुख हुन नहुने उनी बताउँछन्।

प्रकाशित मिति: १२:४३ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्