श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ 

भोजपुर, असोज  २६ : आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। ४० वर्षीया छोती शेर्पाको हत्या गरेको अभियोगमा भोजपुर सापासिलिछो गाउँपालिका ५ बाक्सिन्दाका ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

फराछेतरले आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभाने र ईलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले उनलाई साल्पासिलिछो गाउँपालिका ५ बाखुबाट फेला पारी पक्राउ गरेको थियो। 
हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 Published Date: Tuesday, 12th October 2021 7:14:00 pm